अवैध आप्रवासीमाथि अमेरिका थप कठोर बन्दै, फेरि दुई नेपाली निकालिए

14 March, 2025

काठमाडौं : गैरकानुनी तरिकाले बसिरहेका आप्रवासीमाथि अमेरिका कठोर बन्दै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको नयाँ नीति कार्यान्वयन गर्न अमेरिका कठोर बन्दै गएको हो।

अमेरिकाको आइसीई प्रहरीले अवैध तरिकाले बसिरहेका नेपालीहरूलाई पनि निगरानीमा राखेको छ। पछिल्लो दुई महिनामा आइसीई प्रहरीले ४० बढी नेपालीलाई पक्राउ गरी अमेरिकाबाट निकालेको छ। हालैमात्र अमेरिकाको चार्टर जहाजमार्फत ११ नेपालीलाई काठमाडौं ल्याइपुर्‍याएको थियो। गैरकानुनी तरिकाले अमेरिका प्रवेश गरेका उनीहरूलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएर नेपाल फिर्ता पठाएको थियो।

यसैबीच अमेरिकाले थप दुई नेपालीलाई डीपोर्ट (निष्कासन) गरेको छ। उनीहरूलाई यसै साता एयर इन्डियाको विमानबाट नेपाल फिर्ता पठाएको हो। स्रोतका अनुसार केसी र बुढाथोकी थरीका १-१ जनालाई नेपाल फिर्ता पठाएको हो। उनीहरू लुकीछिपी अमेरिका बस्दै आएको स्रोतक भनाइ छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024