अमेरिका पठाउने नाममा ठग्ने पक्राउ

2 July, 2015

लाखौं रूपैंया उठाएर उत्तरी अमेरिकाको बन्द भइसकेको एकेडेमी पुर्यानई १५ जना विद्यार्थीलाई अलपत्र पारेको आरोपमा चितवनका सुजन न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ।   न्यौपानेले अमेरिका पठाउने भनेर ती विद्यार्थीलाई उत्तरी अमेरिकाको सेन्ट लुसिकास्थित बन्द भइसकेको ल्यामबर्डस एकेडेमीमा पठाएर अलत्रप पारेका थिए।

ल्याम्बर्डसमा पुगेको एक वर्षपछि अमेरिका लैजाने आश्वासन दिएका न्यौपानेले १५ जनाबाट जनही १२ लाख रुपैंया लिएका थिए।   विद्यार्थीहरु सेन्ट लुईसमा पुगेपछि ल्यामबर्डस नाम मात्रैको कलेज र उक्त कलेजका जिम्मेवार व्यक्तिविरुद्ध मानव बेचविखन सम्बन्धी मुद्दा परि कलेज बन्द अवस्थामा रहेको पाएका थिए।   पीडित विद्यार्थी सेन्ट लुईस पुगेको १२ दिनमै नेपाल फर्किएपछि उनीहरुले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएका थिए।   महाशाखाले अनुसन्धान गर्दा न्यौपानेले कन्सल्टेन्सी खोलेर ठग्ने मनसायले पैसा उठाई अलपत्र पारेको पाईएपछि उनलाई पक्राउ गरेको जानकारी महाशाखाका प्रमुख एसएसपी सवेन्द्र खनालले दिए।   महाशाखाले मंगलबार केशरमहलबाट न्यौपानेलाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि बुधबार जिल्ला प्रहरी कार्यालय चितवन पठाएको छ। Published on: 2 July 2015 | Annapurna Post  

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024