अमेरिकाबाट निकालिए दुई नेपाली

18 February, 2025

काठमाडौं : अमेरिकाबाट नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी छ। अवैध ढंगबाट अमेरिका बसिरहेका नेपालीहरूलाई राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले निष्कासन गरिरहेको हो।

यसै क्रममा गत साता थप दुई जना नेपाली निष्कासनमा परेका छन्। अवैधरूपमा अमेरिकामा बस्दै आएका उनीहरूलाई नेपाल फर्काइएको स्रोतले जानकारी दिएको छ।

नेपाल फर्काइनेमा जैसवाल र कार्की थरीका व्यक्ति रहेको स्रोतको भनाइ छ। उनीहरूलाई एयर इन्डियाबाट भारत हुँदै काठमाडौं फर्काइएको हो। अध्यागमन कानुन विपरीत उनीहरू अमेरिकामा बस्दै आएका थिए।

गत जनवरी २० मा राष्ट्रपतिको सपथ लिएसँगै ट्रम्प गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूप्रति आक्रामक बनेका छन्। त्यस्ता आप्रवासीहरूलाई ट्रम्प प्रशासनले धमाधम अमेरिकाबाट निष्कासन गरिरहेको छ। भारतलगायत केही देशमा अमेरिकी सैन्य जहाजबाट नै आप्रवासीहरूलाई फिर्ता पठाइएको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024