हिमाचलमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु

13 January, 2026

भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ।

मंगलबार बिहान हिमाचलको सोलन जिल्लास्थित अर्की बजारमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपालीको मृत्यु भएको द न्यूज हिमाचलले उल्लेख गरेको छ।

मृतकहरू सबै सल्यानको सिद्धकुमार गाउँपालिका–२ का रहेको गाउँपालिका अध्यक्ष भरत गिरिले अन्नपूर्ण पोस्टसँग बताए।

द न्यूज हिमाचलका अनुसार आगलागी राति करिब २ देखि ३ बजेको बीचमा भएको हो। आगलागी नेपाल मूलका परिवारको घरबाट सुरु भएको बताइएको छ। घरभित्र राखिएका ६–७ वटा एलपी ग्यास सिलिन्डरमा आगो सल्किएको अनुमान गरिएको छ। सिलिन्डरहरू एकपछि अर्को विस्फोट हुँदा आगो तीव्र रूपमा फैलिएको बताइएको छ।

उद्धारको प्रारम्भिक चरणमा एक बालकको शव फेला पारिएको छ भने घरभित्र रहेका अन्य व्यक्तिहरूको खोजी कार्य जारी छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026