साउदीमा ४४ शव

13 November, 2011

साउदी अरबको विभिन्न अस्पतालमा राखिएका ४४ वटा नेपाली कामदारका शव स्वदेश ल्याउने पक्रिया थालिएको रियादस्थित नेपाली दुतावासले जनाएको छ।

दूतावासका अनुसार हत्या गरिएका, दुर्घटनामा मारिएका र अत्महत्या गरेका कामदारका शवहरू अस्पतालमा सुरक्षित छन् । तीमध्ये दुई वर्षअघि मृत्यु भएका कामदारहरूको शवसमेत छन् । दूतावासका उपनियोग प्रमुख हरिश्चन्द्र घिमिरेले कतिपयमा स्पोन्सर पत्ता नलागेकाले प्रक्रिया अगाडि बढाउन नसकिएको जनाए । स्पोन्सरले कामदारको मृत्यु भएमा स्वदेश पठाउनुअघि पनि अनुमति दिनुपर्छ।

अहिले त्यहाँ अकुम मिया कवरी -धनुषा), प्रवीन श्रेष्ठ -झापा), पवित्र तामाङ -इलाम), भलै दमाई -इलाम), अञ्चुतकुमार अधिकारी -सुनसरी), मानेश्वर नेपाली -ललितपुर), राजीवकुमार उपाध्याय -कपिलवस्तु), विष्णु शाही समुद्री -पाल्पा), हरिराम थापामगर -धादिङ), रामआशिस महरा -सिराहा), ज्ञानबहादुर कामी -बागलुङ), कमलबहादुर श्रेष्ठ, दिलजंग गुरुङ, प्रेमनारायण भुसाल, राजकुमार राई -मोरङ), चानु दोबी, गौतमकुमार राउत, राजेन्द्र यार, दिलबहादुर श्रेष्ठ, राजन घर्ती -नवलपरासी), मीनबहादुर लामा -नवलपरासी) का शव छन् ।

त्यस्तै जीवन आले, नारायण यादव -धनुषा), सन्तुराज नेवाङ -पाँचथर), मानसिंह खत्री -प्यूठान), उमा थापा मगर -सिन्धुपाल्चोक), बफिर्न दाउक, टेककुमार गाह -नवलपरासी), दलुवा कुँवर -बझाङ), सुम्बाकुमार अर्याल -नवलपरासी),  श्रीरामचलित्र कापड केवट -धनुषा), तेजबहादुर गुरुङ -धादिङ), सोमबहादुर सुनवार -चितवन), शिवजी साह -रौतहट), होमबहादुर राई -खोटाङ), कमलप्रसाद पौथा -गुल्मी), पशुराम विके -इलाम), छेदीलाल चौधरी -मोरङ), एमडी ओमार मुसालमान -कपिलवस्तु), कमल मुखिया कुमाल -अर्घाखाँची), शालिकराम पौडेल -पाल्पा), प्रकाश अधिकारी -नुवाकोट) र नारायण भण्डारी -कास्की) का शव छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024