सङ्खुवासभामा ढुङ्गाले लागेर मजदुरको मृत्यु

1 April, 2026

सङ्खुवासभा सभापोखरी गाउँपालिका–६ तामिङमा ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु भएको छ।

सभापोखरी–६ तामिङस्थित काफल बोटेका ६१ वर्षीय मठाबहादुर तामाङको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजबंशीले जानकारी दिए।

आज दिउँसो १२ः३० बजे सडक निर्माणका क्रममा मजदुर तामाङको मृत्यु भएको हो। सडक निर्माण गर्न क्रममा माथिबाट खसेको ढङ्गाले लागेर मजदुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनालगत्तै प्रहरी निरीक्षक मेघराज अर्यालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटना सदरमुकामदेखि ४० किलोमिटर दुरीमा पर्छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024