श्रम मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीचको वार्ता सकारात्मक

17 August, 2026

Hom Karki

१५ बुँदे माग लिएर आन्दोलनरत नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र श्रम मन्त्रायलबीच जारी वार्ता सकारात्मक उन्मुख भएको छ ।

मन्त्रालयमा सोमबार बिहान ७ बजेदेखि दुई पक्षबीच वार्ता जारी छ । ‘हाम्रा धेरै मागहरु विषयमा वैदेशिक रोजगार ऐन संशोधन गरेर समाधान गर्न श्रम मन्त्रालय प्रतिबद्ध देखिएको छ,’ वार्तामा सहभागी संघका अध्यक्ष डिकबहादुर खत्रीले भने, ‘यसको निष्कर्ष निस्किँदै छ ।’

संघले सोमबारदेखि म्यानपावर कम्पनी बन्द गरेर श्रम स्वीकृति जारी भइसकेको श्रमिकलाई पनि नपठाउने निर्णय गरेको छ । यसबाट श्रम मन्त्रालय दबाबमा परेको हो । गत साउन ७ देखि संघले १५ बुँदे माग राखेको थियो । जसमा ७ सय ६१ म्यानपावर कम्पनीमाथि वैदेशिक रोजगार विभागद्वारा गरिएको कारबाही फिर्ता, श्रमिकको पारदर्शी लागत र व्यवसायीको वैज्ञानिक सेवा शुल्क निर्धारण, श्रमिक लक्षित श्रम गन्तव्य मुलुकको हवाई भाडादर न्यूनीकरण र कृत्रिम अभाव सिर्जनाको अन्त्यको माग समेटिएका छन् । यस्तै, नयाँ श्रम गन्तव्यको मागपत्र प्रमाणीकरण सहजीकरण, वैदेशिक रोजगारसम्बन्धी संस्थागत र व्यक्तिगत उजुरी हेर्ने निकाय छुट्टाछुट्टै ऐनमा व्यवस्थापन हुनुपर्ने लगायत माग संघले राखेको थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024