युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारी क्षेत्रमा हुने ठगी नियन्त्रणका लागि मन्त्रालयले प्रभावकारी कदम चाल्ने बताएका छन्।
प्रतिनिधिसभाको विभिन्न बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विद्यमान कानुनी व्यवस्था र संरचनालाई सक्रिय रूपमा परिचालन गरेर ठगी नियन्त्रण गरिने बताए।
वैदेशिक रोजगारीसम्बन्धी ठगीका उजुरी आउने क्रम जारी रहेको उल्लेख गर्दै उनले यस विषयमा कानुन र नियमावली संशोधन गर्ने दिशामा पनि मन्त्रालयले ध्यान केन्द्रित गरेको स्पष्ट पारे।