श्रममन्त्रीसँग यूएईका राजदूतको भेट, १११ नेपाली कैदीबन्दीलाई आफमाफी दिएको जानकारी

2 July, 2026

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जरवान अल शाम्सीले बुधबार शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा बुधबार भएको भेटमा मन्त्री यादवले नेपाल र यूएईबीच भएका द्विपक्षीय श्रम सम्झौताका विषयहरूलाई प्रभावकारी कार्यान्वयन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

सो अवसरमा यूएई राजदूत शाम्सीले ईद उल अजहाको अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको जानकारी दिए ।

सो विषयमा मन्त्री यादवले यूएई सरकारप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024