वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। मलेसिया र क्रोएसिया पठाइदिने भनी ठगी गरेको अभियोगमा सर्लाहीको बरहथवा– १५ घर भई काठमाडौं– ९ बस्ने २८ वर्षीय निर्जल बस्नेत र दाङ राजपुर– ७ घर भई काठमाडौं टोखा– ५ बस्ने ३२ वर्षीय बलबहादुर चन्द ठकुरी पक्राउ परेका हुन्।
उनीहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विदेश लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
बस्नेतले मलेसिया पठाउने नाममा एकजनाबाट तीन लाख ९० हजार तथा ठकुरीले क्रोएसिया पठाउने नाममा एकजनाबाट एक लाख रुपैयाँ ठगी गरेको बताइएको छ।