वैदेशिक रोजगारमा जाने चक्करमा १९ जनाले गुमाए ८१ लाख, ४ जना पक्राउ

20 May, 2026

वैदेशिक रोजगारमा लैजाने भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा मोरङको कटहरी गाउँपालिका-६ का ३७ वर्षीय नारायण जोशीले १४ जनाबाट ४८ लाख, सुर्खेतको बराहाताल गाउँपालिका-२ का ४३ वर्षीय गोपाल बिक्रम रानाले ३ जनाबाट २० लाख, भक्तपुरको मध्यपुर थिमि नगरपालिका-१ का ३२ वर्षीय नवराज पौडेलले एक जनाबाट ३ लाख र मनाङको नासों गाउँपालिका-६ का ५८ वर्षीय ङवाङ लामाले १ जनाबाट १० लाख लिएका थिए।

कतार, इराक, अस्ट्रेलिया र क्रोएसियमा जानका लागि १९ जनाले ८१ लाख रुपैयाँ बुझाएका थिए। तर, रकम लिएपछि चार जनानै सम्पर्कविहीन भए।

रकम लिएर सम्पर्कविहीन भएपछि पीडितले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए। उजुरी परेपछि उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए। उनका अनुसार पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024