विदेश पठाउने भन्दै ठगी गर्ने चार जना समातिए

27 January, 2026

वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका–९ का ४४ वर्षीय कृष्ण कुँवर सर्बिया पठाउने भन्दै २ लाख ५० हजार ठगी गरेको आरोपमा समातिएका छन् ।

त्यस्तै गुल्मीको रेसुङ्गा नगरपालिका–६ का ४८ वर्षीय भक्तप्रसाद मरासिनी रोमनिया पठाउने भन्दै २ लाख २५ हजार रुपैयाँ ठगीको आरोपमा समातिएका छन् ।

मकवानपुर हेटौडाकी २६ वर्षीया मनिषा अधिकारी क्यानडा पठाउने भनदै २ लाख ५० हजार ठगी आरोपमा समातिएकी छिन् ।

चितवको राप्ती नगरपालिका–३ का २७ वर्षीय सरल आचार्य युएई पठाउने भन्दै २ लचाख ६२ हजार ठगी आरोपमा पक्राउ परेका छन् ।

उनीहरू सबैलाई करबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026