विदेश पठाउने नाममा २५ लाख ठगी, तीनजना पक्राउ

2 April, 2026

वैदेशिक रोजगारीका लागि पठाउने भन्दै लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पाँचजनाबाट २५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले मंगलबार तीनजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कञ्चनपुर वेदकोट नगरपालिका–१० घर भई काठमाडौंको टोखा बस्ने ३४ वर्षीय भीमबहादुर महर, ललितपुर महानगरपालिका–२३का ६० वर्षीय एकराज थापामगर र मोरङ मिक्लाजुङ गाउँपालिका– ४ घर भई काठमाडौंको कागेश्वरी मनोहरा– ९ बस्ने ५१ वर्षीय भीमप्रसाद कोइराला रहेका छन्।

महरले सर्बिया पठाउने भन्दै दुईजनाबाट कुल १४ लाख, मगरले युके पठाउने भनी एकजनाबाट १० लाख र कोइरालाले रोमानिया पठाउने भनी दुईजनाबाट एक लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024