विदेशमा रहेका नेपालीलाई देश फर्कने तयारी गर्न सभामुख अर्यालको आग्रह

29 May, 2026

PoshNath Adhikari

सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई देश फर्कने तयारी गर्न आग्रह गरेका छन् । धादिङको सल्यानटारस्थित नृसिंहधाममा आयोजित पुरुषोत्तम महामहोत्सवमा सहभागी भएका सभामुख अर्यालले देश बन्ने चरणमा गएकाले विदेशमा रहेका सम्पूर्ण नेपालीलाई अब देश फर्कने तयारी गर्न आग्रह गरेका हुन् ।

देशमा सुशासन कायम हुने, भ्रष्टाचारको अन्त्य हुने भन्दै उनले सबै धर्म मान्नेहरूले सम्मानजनक र स्वतन्त्र रूपमा आफ्नो धर्म संस्कृति अंगाल्न पाउने वातावरण बन्ने समेत उल्लेख गरे ।

उनले यो समाज र देशले चाहेको जस्तो तथा जनतालाई आवश्यक पर्ने कानुन निर्माण गर्न आफ्नो तर्फबाट अनवरत र निरन्तर काम भइरहेको पनि उल्लेख गरे । उनले भने, ‘अबको केही वर्षमा जनताले साच्चै नै परिवर्तनको महसुस गर्नेछन् ।’

जनता सुखी र खुसी हुनुपर्नेमा जोड दिादै सभामुख अर्यालले धर्म संस्कृति, सम्पदाको जगेर्नाका साथै भौतिक, सामाजिकलगायत सबै क्षेत्रको सन्तुलित विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । बुढी गण्डकी र नेत्रावतीको संगममा रहेको धाममा आयोजित कार्यक्रममा उनले बुढी गण्डकी परियोजना अब छिट्टै अघि बढ्ने विश्वास व्यक्त गरे ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024