विदेशबाट आएलगतै पत्नीको हत्या गर्ने पक्राउ

14 January, 2012

विदेशबाट आएलगतै पत्नीको हत्या गरेर फरार भएका एक पुरुषलाई प्रहरीले शनिबार पक्राउ गरेको छ। सुनसरी मधेसा-४ का इन्द्रलाल सरदारलाई भण्टाबारी दिदी शान्ति सरदारको घरमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। 

अन्दाजी ३५ वर्षीय उनले शुक्रबार विदेशबाट आउने वितिकै ३२ वर्षीया पत्नी दयावति चौधरीको हत्या गरी फरार भएका थिए।

उनले पत्नीप्रति शंका लागेकाले गर्दा आवेसमा आएर हत्या गरेको प्रहरीलाई बयान दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी यमुना रजकले जानकारी दिए। 

दयावतिको हत्याले गर्दा सरदार परिवार भने सोकमा डुबेको छ। ५० वर्षीया भुटी सरदार छोरा विदेशबाट आएपछि हर्षले गदगदी भएको केही बेरमै पीडा खेप्नुपरेको दुखेसो गरिन्। ‘छोरा घर आएको केही बेरमै बुहारीको हत्या गरेर फरार भो। बरु गर्भमै खेर गएको भएपनि हुन्थ्यो, यस्तो बुढेसकालमा पीडा खेप्न पर्दैन्थयो,’ उनले सम्हालिर्दै भनिन्। उनका अनुसार दयावति मिलनसार थिइन्। दयावति कान्छी बुहारी हुन्। दयावतीको जेठानी-जेठाजु र सासु-ससुरासँग राम्रो मेलमिलाप समेत थियो।

‘विदेशबाट सुटकेसमा के-के ल्याएको थियो, त्योसमेत हेर्न पाएनौं, छोराबुहारी गफ गर्दै थिएँ, ढोका थुनेर हिँडेपछि केही बेरमा किन ढोका थुनेर हिँड्यो? भनेर खोलेर हेर्दा त बुहारीको विभर्त्स हत्या भएको देखियो,’ भुटीले भनिन्।

 

इन्द्रलाल दुई वर्षसम्म कतार बसी घर विदामा आएर तीन महिनाअघि मात्र पुनः गएका थिए। उनी शुक्रबार बिहान बिना जानकारी आएका थिए। उनी आएको गाउँमा कसैले पत्तै पाएनन्। इन्द्रलालले दयावतीसँग चार वर्षअघि काठमाडौंमा काम गर्दा प्रेम गरी ल्याएका थिए। असोज महिनामा मात्र दुवैबीच आधाकारिक रुपमा विवाह भएको थियो। विवाह गरेको भोलिपल्टै इन्द्रलाल कतार गएका थिए।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024