रोजगारीका लागि इजरायल जान नपाएका युवाले गरे माइतीघरमा प्रदर्शन

20 May, 2026

इजरायल रोजगारीका लागि विगत दुई वर्षदेखि सम्पूर्ण प्रक्रिया पूरा गरी प्रतीक्षामा बसेकाहरुलाई प्राथमिकता दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

प्रक्रिया पूरा गरी प्रतीक्षामा बसेकाहरुलाई वेवास्ता गरी नयाँ भर्ना लिन खोजिएकोप्रति आपत्ति जनाउँदै प्रक्रिया पूरा गरेका युवाहरुले मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले इजरायल रोजगारी खोल्दा नयाँ भर्ना भन्दा पनि पहिले नै सम्पूर्ण प्रक्रिया पूरा गरी प्रतीक्षामा रहेका योग्य कामदारहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने माग गरेका छन् । उनीहरुले के हामी योग्य होइन र सरकार ?, हामी योग्य उम्मेदवारहरुलाई प्राथमिकता दे सरकार लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा उत्रिएका युवाहरुले आफूहरुको मागलाई गम्भीरतापूर्वक लिन सरकारसँग आग्रह गरेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024