रेमिट्यान्स ४१.२ प्रतिशतले बढ्यो

10 June, 2026

चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ विप्रेषण पठाएका छन्। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरणअनुसार विप्रेषण आप्रवाह ४१.२ प्रतिशतले वृद्धि भएको हो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशतले बढेको थियो। गत वैशाख महिनामा मात्रै विप्रेषण आप्रवाह २ खर्ब ५७ अर्ब ४९ करोड रहेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा १ खर्ब ६५ अर्ब ३० करोड मात्र थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १४ अर्ब २६ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024