युएईले १२८ नेपालीलाई दियो आममाफी

16 April, 2026

संयुक्त अरब इमिरेट्स (युएई) सरकारले १२८ जना नेपालीलाई आममाफी दिएको छ। पवित्र रमजान महिनाको अवसर पारेर १२८ जना नेपाली कैदीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा युएई सरकारले मानवीय आधारमा उक्त आममाफी दिएको उल्लेख गर्दै यस कदमप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ। मन्त्रालयले यस्तो निर्णयले नेपाल र युएईबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

मन्त्रालयका अनुसार अबुधाबीस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधका आधारमा युएई सरकारले आममाफी दिने निर्णय गरेको हो। मन्त्रालयले यसलाई दुई देशबीचको सौहार्दपूर्ण सम्बन्धको उदाहरणका रूपमा लिएको जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024