मेलबर्नमा अपहरित नेपाली युवती सकुशल मुक्त

22 October, 2011

ऋषि आचार्य

मेलबर्नमा अपहरणमा परेकी नेपाली युवतीलाई प्रहरीले दुई दिनपछि मुक्त गराएको छ। सामाजिक सञ्जालमार्फत अपहरणको फन्दामा परेकी २९ वर्षीया नेपाली युवतीलाई अस्ट्रेलियन फेडरल प्रहरीले २४ घण्टा लामो अनुसन्धानपछि अपहरणकारीको घरबाट मुक्त गरेको हो।

३५ वर्षीय डरेन साल्टमासले ती युवतीको अपहरण गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रहरीले २९ वर्षीय गुरुङ थरकी नेपाली युवतीलाई पाकेह्याममा रहेको अपहरणकारीको घरबाट मुक्त गरेको थियो।

प्रहरीका अनुसार उनीहरुबीच सामाजिक सञ्जालमार्फत् चिनजान भएपछि गत मंगलबार पहिलोपटक युवती डेटिङमा गएकी थिइन्। अपहराण्कारीले युवतीलाई आफ्नै कारमा राखेर घरमा पुर्‍यापछि बन्धक बनाएर २० हजार अस्ट्रेलियन डलर फिरौती माग्दै नदिए हत्याको धम्की दिएको थियो।

मेलबर्नबाट प्रकाशित हुने हेराल्ड सन् दैनिकका अनुसार २० हजार डलरका लागि अपहरणकारीले युवतीको पोखरामा रहेका आफन्तलाई फोन गरेर धम्की दिएको थियो। युवतीका नेपालमा रहेका आफन्तले मेलबर्नमा रहेको महावाणिज्यदूतको कार्यालयलाई खबर गरेपछि अष्ट्रेलीयन प्रहरीले घटनाबारे जानकारी पाएको थियो।

अपहरमुक्त भएपछि स्थानीयवासीले अस्पतालमा भर्ना गरेका थिए। वाणिज्यदूत चन्द्र योञ्जनका अनुसार अहिले उनी खतरामुक्त छिन्।

अपहरणकारीलाई पाँचवटा अभियोग नेपाली युवतीकोअभियोगमा पक्राउ परेका ३५ वर्षीय डरेन साल्टमासलाई स्थानीय अदालतले पाँचवटाअपहरण, डरधम्की, दुर्व्यवहार, झुटो प्रलोभन लगायतका पाँचवटा अभियोगमा जेलचलान गरेको छ। उनी २०१२ को फेब्रुवरी १० सम्म जेलमा बस्नुपर्नेछ। त्यसपछिमुद्दाको अन्तिम फैसला हुनेछ। स्थानिय कारखानामा काम गर्दै आएका साल्टमासकेही हप्ता अघिदेखि ढाड दुख्ने समस्याको उपचार गराईरहेका थिए।

सामाजिक सञ्जालले बढेको अपराध फेसबुकमार्फत् साथीबनेको एकजना पुरुषले धोका दिएपछि सिड्नीमा नेपाली महिला विद्यार्थीलेसमुन्द्रि भिरबाट हामफालेर आत्माहत्या गरेकी थिइन्। सिड्नीको कुजी बिचमा एकवर्षअघि भएको यो घटना सेलाउन नपाउँदै मेलबर्नबाट फेरि एक नेपालीविद्यार्थी अपहरणमा परेको खबर सार्वजनिक भएको छ। अपहरणकारीबाट मुक्त गर्नएक घण्टामात्र ढिला भएको भए ती युवतीलाई मारेर खाल्डोमा पुर्ने तयारी गरेकोसन् हेराल्डले उल्लेख गरेको छ।

अपहरणकारीलेघर पछाडि ४ फिट गहिरो खाल्डो खनेको र अपहरित युवतीको आँखा छापिरहेकोअवस्थामा प्रहरीले उद्दार गरेको थियो। भिक्टोरीयाका महावाणिज्यदूत चन्द्रयोञ्जनले प्रेस विज्ञप्ती प्रकासित गर्दै साथीभाई र प्रहरीसँग सधैंसम्पर्कमा रहन, नचिनेको मान्छेले दिएको खानेकुरा नखान, कुनै व्यक्तिबाटअसुरक्षित महसुस भएमा सुरक्षा निकाय र नेपाल सामुदायिक संस्थालाई खबरगर्नका साथै अनलाइनमा भेटेको मित्रलाई सार्वजनिक स्थानमा पनि धेरै पटकभेटेर उसका बारेमा बुझ्ने र अरुलाई पनि बुझाउन र चिनाउन आग्रह गरेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024