बेलायतमा भिसा नियममा कडाइ, भ्रमणमा आउने आप्रवासीको अंग्रेजी ‘ए-लेभल’ अनिवार्य

15 October, 2025

बेलायतले आफ्नो देश आउने आप्रवासीहरूका लागि केही नयाँ कडा भिसा नियमहरू लागू गर्ने भएको छ ।

बीबीसीका अनुसार, केही आप्रवासीहरूलाई देशमा प्रवेश पाउनका लागि अंग्रेजी भाषामा ‘ए–लेभल’ (उच्च माध्यमिक स्तर) को दक्षता अनिवार्य हुनेछ ।

भाषा लगायतका अरू प्रावधानहरूमा पनि बेलायतले कडाइ गर्न लागेको हो । यी नयाँ नियमहरू सन् २०२६ जनवरी ८ बाट लागू हुनेछन् । यसको असर केही ग्र्याजुएट आवेदनदातामा तथा ‘स्किल्ड वर्कर’ वा ‘स्केल–अप’ भिसाका लागि आवेदन गर्ने व्यक्तिहरूमा पर्ने जनाइएको छ ।

सरकारका अनुसार, यी नयाँ नियम आप्रवासन घटाउने व्यापक योजनाकै एक अंश हो । यसको विस्तृत रणनीति मे महिनामा सार्वजनिक गरिएको श्वेतपत्रमा प्रस्तुत गरिएको थियो ।

गृह मन्त्री शबना मे शबाना महमूदले भनेकी थिइन्, ‘यदि तपाईं यो देशमा आउनुहुन्छ भने तपाईंले हाम्रो भाषा सिक्नुपर्छ र समाजमा आफ्नो योगदान दिनुपर्छ ।’

उनले थपेकी थिइन्, ‘यो देश सधैं योगदान दिन आउने व्यक्तिहरूको स्वागत गर्दै आएको छ । तर आप्रवासीहरूले हाम्रो भाषा नसिकी यहाँ आउनु र राष्ट्रिय जीवनमा योगदान दिन असमर्थ हुनु स्वीकार्य छैन ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024