बेपत्ता कर्मचारी र कामदार परिवारलाई प्राधिकरणको राहत

18 September, 2026

नेपाल विद्युत् प्राधिकरणले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी र कामदारका परिवारका लागि तात्कालीन राहत प्याकेज ल्याएको छ । बाढीबाट प्राधिकरण अन्तर्गत मात्रै ४७ जना कर्मचारी र कामदार बेपत्ता छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बेपत्ता कर्मचारी र कामदारका आश्रित परिवारलाई बेपत्ता खोजी कार्य गर्न, आफ्नो कुल धर्म अनुसारको सामाजिक संस्कार गर्न र जीवनयापन गर्नका लागि राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

राहतको पहिलो प्याकेजमा तत्कालका लागि राहतस्वरूप बेपत्ता भएका स्थायी कर्मचारी, ज्यालादारी तथा सेवा करारका कामदारको नजिकको हकवालालाई प्रतिकर्मचारी र कामदार ५० हजार रुपियाँ उपलब्ध गराउने निर्णय भएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024