‘बिदेसिनुपर्ने बाध्यता चिर्ने सुरुवात’

15 June, 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाले अब आफ्नो सपना पूरा गर्न बिदेसिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने र यसको सुरुवात आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबाट भएको बताउनुभएको छ ।

काठमाडौँमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलनलाई आइतबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । त्यसको सुरुवात आगामी वर्षको बजेटमार्फत गरिएको र पाँच वर्षमा त्यसलाई एउटा निष्कर्षमा पु¥‍याउने उहाँले बताउनुभयो ।

“पछिल्ला दुई दशकदेखि देशका युवा आफ्नो सपना पूरा गर्न बिदेसिनै पर्ने बाध्यता छ,” अर्थमन्त्री डा. वाग्लेले भन्नुभयो, “अब त्यस्तो स्थिति आउन नदिने जग बसाल्न बजेटबाट सुरु गरेका छौँ । बजेटको कार्यान्वयनले त्यसको बाटो समात्ने छ ।”

देशभरका युवा उद्यमीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले करमा सहुलियत, बक्यौता उल्झनमा रहेका उद्यमी/व्यवसायीलाई छुटको सहुलियत, सरकारी प्रशासनको डिजिटलाइजेसन र सुशासनका एजेन्डा कार्यान्वयनले देश निर्माणको नयाँ बाटोलाई सङ्केत गर्ने बताउनुभयो ।

करका दर घटाएर १० लाख रुपियाँसम्म कमाउने युवालाई करको झन्झटबाट मुक्ति दिइएको पनि उहाँको भनाइ थियो । यस्तै करको उल्झनमा परेका उद्योगी व्यवसायीलाई नयाँ सुरुवात गर्न सहुलियतपूर्ण घोषणा बजेटमा भएको भन्दै उहाँले त्यसको फाइदा लिन सबैलाई आग्रह गर्नुभयो । बजेट बनाउँदा युवाको उद्यमशील सोच र योजनालाई फैलाउने गरी धेरै सोचिएको र त्यसै अनुसारका कार्यक्रम घोषणा भएको उहाँको भनाइ थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024