पोर्चुगल पठाइ दिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

10 April, 2026

रोजगारीका लागि पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं नगरपालिका–१० बस्ने काभ्रे घर भएकी ४७ वर्षीया कुमारी मगर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

कुमारीले पोर्चुगल पठाइदिन्छु भन्दै एक जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024