पश्चिम एसिया द्वन्द्व : युएईमा हालसम्म १५ नेपाली घाइते

12 March, 2026

पश्चिम एसियामा जारी द्वन्द्वमा इरानको आक्रमणमा परेर संयुक्त अरब इमिरेट्स (युएई)मा १५ नेपाली घाइते भएका छन्।

बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै परराष्ट्र मन्त्रालयले सो जानकारी दिएको हो। मन्त्रालयका अनुसार युएईमा १५ नेपाली घाइते हुँदा एकजनाले ज्यान गुमाएका छन्।

घाइतेमध्ये १४ जना उपचारपछि आफ्नो गन्तव्यमा पुगिसकेको जनाउँदै मन्त्रालयले उपचाररत एक घाइतेको पनि अवस्था सामान्य रहेको बताएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024