पश्चिम एसिया तनाव : हालसम्म २८ नेपाली घाइते, १ जना उपचाररत

13 April, 2026

इजरायल–अमेरिका तथा इरानबीचको युद्धका कारण पश्चिम एसियाली देशहरूमा हालसम्म २८ जना नेपाली घाइते भएका छन् ।

यूएई, इराक रओमानमा गरेर हालसम्म २८ जना घाइते भएको र तीमध्ये २७ जना उपचारपछि डिस्चार्ज फर्किसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले घाईते भएकामध्ये २७ जना सामान्य उपचारपछि कार्यथलोमा फर्किसकेको बताए । एक जनाको हातमा चोट लागेकाले उपचारकै क्रममा रहेको प्रवक्ता पौडेलले बताए ।

घाईते हुनेमा २५ जना यूएईमा, २ जना इराक र १ जना ओमानमा रहेका छन्। ईरानले पश्चिम एसियामा रहेका यूएई, कतार, ओमान, बहराईन लगायतका देशमा रहेका अमेरिकी सैन्य बेस क्याम्पमा ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्दै आएको थियो । ड्रोन तथा क्षेप्यास्त्रका अवशेष लागेर ती नेपालीहरू घाइते भएका थिए ।

गत अप्रिल ३ मा यूएईको अबुधावीको अवजान क्षेत्रमा ७ जना घाइते भएका थिए।

ड्रोन आक्रमणमा परी मार्च २ मा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्युु भएको थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024