द्वन्द्वग्रस्त क्षेत्रमा नेपालीहरू जोखिममा छैनन्, आवश्यक परे उद्धार गर्छौं : परराष्ट्रमन्त्री शर्मा

12 March, 2026

परराष्ट्र मन्त्री बालानन्द शार्माले मध्यपूर्वी देशमा रहेका नेपाली श्रमिकहरू जोखिममा नरहेको बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली नागरिकहरू जोखिममा नरहेको स्पष्ट पारेका हुन्।

उनले नेपाली श्रमिकहरूभन्दा पनि दोस्रो मुलुक जाने नेपालीहरू मध्यपूर्वी देशको ट्रान्जिटमा फसेको बताए। ‘श्रमिकभन्दा पनि दोस्रो मुलुक जाने नेपाली नागरिकहरू ट्रान्जिटमा फसेका छन्। उहाँहरू छिट्टै उनीहरू गन्तव्ययमा पुग्ने विश्वास लिएका छौं। हाललाई त्यहाँ आवास र खानपानको व्यवस्था सम्बन्धित नियोग र सम्बन्धित एयरलायन्यसहरूले व्यवस्था गरेको अवस्था छ,’ उनले भने।

त्यस्तै मन्त्री शर्माले द्वन्द्वग्रस्त क्षेत्रबाट जति संख्यामा नेपाली नागरिक भए पनि राज्यले उद्धार गर्नुपर्ने बताए। उनले सञ्चारकर्मीको प्रश्नमा भने, ‘२० लाख छन् भन्दैमा उद्धार नगर्ने कुरा हुँदैन। हाम्रा नागरिकलाई अलपत्र परेको अवस्थामा ल्याउँदिन भन्न पाइँदैन। जति संख्यामा भए पनि उद्धार गर्नुपर्छ। त्यसका लागि सबैले मिलेर काम गर्नुपर्छ,’ उनले भने।

उनले उद्धार गर्नुपर्ने अवस्था आए राज्य नै त्यसका लागि तयार रहनुपर्ने बताए। ‘२५-३० लाखलाई उद्धार गर्नका लागि राष्ट्रिय स्तरमै खटिनुपर्ने हुनसक्छ। त्यसका खालको पूर्वाधार पनि जुटाउनुपर्ने हुन्छ। यस विषयमा परराष्ट्र मन्त्रालयले सम्बन्धित निकायहरूसँग पनि निरन्तर छलफल गरिरहेको छ,’ उनले भने।

यसअघि परराष्ट्र सचिव अमृतबहादुर राईले पानीजहाजबाट भए पनि नेपालीहरूलाई उद्धार गरिने बताएका थिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024