दिदीको राहदानीमा विदेश जाने पक्राउ

24 October, 2011

दिदीको राहदानीमा फोटो परिवर्तन गरी कुबेत जान लागेकी एक महिला पक्राउ परेकी छन् । 

प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोले झापा ज्यामिरगढीकी सगुन राईलाई पक्राउ गरेको हो । 

आफ्नी माइली दिदी इन्द्रकुमारी राईको ४३६२३७९ नम्बरको राहदनीमा उनले फोटो परिर्वतन गरी कुबेत पठाएका थिए । कुबेतमा १५ महिना बसी फर्किने क्रममा कुबेतस्थित नेपाली दूतावासले नेपाल प्रहरीलाई खबर गरेको थियो । त्यही खबरका आधारमा ब्युरोले उनलाई फोटो परिवर्तन गरेको राहदानी सहित पक्राउ गरेको हो । प्रहरीले नेपालका पूर्वी भागबाट सीधा सादा नेपालीलाई केटीहरूलाई दिल्ली लगेर राहदानीमा फोटो परिवर्तन गरी खाडी मुलुकमा पठाउने गरेको जनाएको छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024