दक्षिण कोरियाको ई-७ भिसामा म्यानपावरमार्फत् नेपाली श्रमिक नपठाइने

18 September, 2025

वैदेशिक रोजगार विभागले दक्षिण कोरियाको ई-७ भिसामा म्यानपावर कम्पनीहरूमार्फत सीपयुक्त नेपाली श्रमिकहरू नपठाइने बताएको छ।

मंगलबार एक सूचना जारी गर्दै विभागले यसअघि बिटुबी(यहाँको म्यानपावर र त्यहाँका रोजगारदाता) माध्यमबाट ई-७ भिसामा श्रमिक पठाउने गरी ल्याइएको कार्यविधि कार्यान्वयन नहुने बताएको हो।

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले म्यानपावरमार्फत् ई-७ भिसामा श्रमिक पठाउने गरी कार्यविधि ल्याएका थिए।

यसअघि पनि विरोधपछि खारेज भएको कार्यविधि दोस्रो संसोधन गर्दै फेरि ब्युँताएर म्यानपावरमार्फत् श्रमिक पठाउने गरी प्रक्रिया अघि सारेका थिए।

यसले इपिएस प्रणालीमा समेत असर पुर्‍याउने भन्दै कतिपयले विरोध गरेका थिए। यसमा आर्थिक चलखेल भएको विषय उठेपछि अख्तियारले समेत चासो देखाएको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024