ढुंगाले च्यापिएर मजदुरको मृत्यु

19 January, 2026

Prateek Ichchhuk Sharma

सल्यानमा सडक खन्ने क्रममा खसेको ढुंगाले च्यापिएर एक मजदुरको मृत्यु भएको छ । बन्गाड कुपिण्डे नगरपालिका–१० अन्तर्गत शिव आधारभूत विद्यालयदेखि खानीगाउँसम्म सडक निर्माणका क्रममा खसेको ढुंगाले च्यापिएर ६० वर्षीय टेकबहादुर पुनको मृत्यु भएको हो ।

सडक किनारमा पर्खाल लगाउने प्रयोजनका लागि तलबाट खन्ने क्रममा छेउबाट खसेको ढुंगाले च्यापिएर पुन गम्भीर घाइते हुनुभएको थियो । घाइते पुनलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बन्गाड कुपिण्डे नगरपालिका –१० का वडाध्यक्ष मोतीलाल घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार घटनापछि सडक निर्माण कार्य रोकिएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024