जाली राहदानीसहित कुवेत पुगेकी १५ वर्षीया किशोरी पक्राउ

24 October, 2011

जाली राहदानीसहित भारत हुँदै अवैधरुपमा खाडी जान लागेकी १५ वर्षीया किशोरीलाई प्रहरीले पक्राउ गरेको छ। फोटो परिवर्तन गरिएको राहदानीसहित झापा ज्यामिरगडी-२ का कुल बहादुर राईकी छोरी सुकुन राईलाई केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरीले पक्राउ गरेको हो।

राईलाई अवैध रुपमा खाडी मुलुक पठाउने गिरोहले भारत नयाँ दिल्ली लगि उनकै माइली दिदी २७ बर्षीया इन्द्र कुमारी राईको ४३६२३७१ नम्बरको राहदानीमा फोटो फेरेको अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार २७ मार्च २०१० मा उनको फर्जी पासपोर्ट कुवेत पठाइएको थियो। उनलाई अन्तर्राष्ट्रिय बिमानस्थल एरिया बाहिरबाट फोटो परिर्वतन गरीएको सक्कल राहदानी र नेपाली नागरिकता सहित पक्राउ गरेको थियो।

उक्त गिरोहले नेपालको पूर्वी भागबाट सिधासाधा नेपाली केटीहरुलाई सिधै नयाँ दिल्ली लगि फर्जी रहदानीबाट खाडी मुलुकका विभिन्न देशमा लैजाँदै आएको खुलेको छ। प्रति व्यक्ति १ लाख रुपैयाँसम्म लिएर पठाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ।

कात्तिक ३ गतेमात्रै प्रहरीले जाली राहदानी प्रयोग गरी कुवेत पुगेको अभियोगमा किसन कुमार विकलाई पक्राउ गरेको थियो। विकले खड्गबहादुर गुरुङको नाममा जारी पासपोर्टमा फोटो परिवर्तन गरेका थिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024