कुवेतबाट ९ जना नेपालीको शव ल्याइयो

2 April, 2026

खाडी युद्धका कारण कुवेतमा रोकिएमध्ये ९ जना नेपाली श्रमिकको शव बुधबार साँझ नेपाल ल्याइएको छ । जसमा चार जना महिला छन् ।

कुवेत एयरवेजको चार्टर विमानमा ती शवहरु पठाइएको हो । वैदेशिक रोजगार बोर्डका अनुसार सिराहाका रमेशकुमार मोची, दाङका खुसीराम चौधरी, सिन्धुपाल्चोककी सम्झना गोले, उदयपुरकी कोपिला धामी, खोटाङ वसन्त राई, सुर्खेतकी यमुना सुनार, सल्यानका कृष्णराम्जा बुढा, सिन्धुलीकी मञ्जु मोक्तन पाख्रिन र कास्कीका रमेश नेपालीको शव आएको हो ।

उनीहरुको शवलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि घरसम्म लैजाने प्रबन्ध गरिएको बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले बताए ।

गत १६ फागुनमा अमेरिका–इजरायलले इरानमा आक्रमण गरेको थियो । प्रतिकारस्वरुप इरानले पनि अमेरिकी सैन्य क्याम्प भएको कुवेत, बहराइन, साउदी अरब, कतार र ओमान श्रृंखलाबद्ध आक्रमण जारी गरेपछि कुवेतको विमानस्थलमा सञ्चालनमा थिएन ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024