कर्णालीबाट २६ सयले लिए पुनः श्रम स्वीकृति

29 February, 2020

काठमाडाैँ – कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा श्रम तथा रोजगार कार्यालय स्थापना भएयता २ हजार ६१५ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। विसं २०७५ माघमा श्रम तथा रोजगार कार्यालय स्थापना भएको हो।

कार्यालयबाट पुनः श्रम स्वीकृति मात्र प्रदान गरिन्छ। पहिलोपटक श्रम स्वीकृति लिन भने काठमाडौं पुग्नुपर्ने बाध्यता छ । कार्यालयका सूचना अधिकारी श्यामकृष्ण आचार्यका अनुसार कर्णालीबाट पुनः श्रम स्वीकृति लिएर साउदी अरेबिया, कतार, मलेसिया र युएईमा बढी जाने गरेको पाइएको छ।

यसैबीच, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा कर्णाली प्रदेशबाट न्यून मात्रामा रोजगारदाता कम्पनीमा दर्ता भएका छन्। सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा भएको दुई वर्ष बित्न लाग्दा १२१ रोजगारदाता कम्पनी दर्ता भएका हुन्।

कोषमा योगदान गर्ने श्रमिकको संख्या भने १७२ रहेको छ। सरकारले दुई वर्ष अघि श्रमिकलाई अवकाश हुँदा पेन्सन, उपदान र उपचार सुविधा उपलब्ध गराउने उद्देश्यका साथ सामाजिक सुरक्षा कोषको स्थापना गरेको थियो। रासस

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024