अब वैदेशिक रोजगारीको पुन: श्रम स्वीकृति स्वचालित हुने

2 June, 2026

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति (रिइन्ट्री) स्वचालित हुने भएको छ।

वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै मन्त्रिपरिषद्ले स्वीकृत गरेको सुशासन सुधार सम्बन्धी १०० बुँदे कार्ययोजना अन्तर्गत वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने योजनाअनुसार पुनः श्रम स्वीकृतिलाई स्वचालित बनाइएको जनाएको हो।

विभागका अनुसार यसअघि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकहरूले सोही देश तथा कम्पनीका लागि पुनः श्रम स्वीकृति स्वचालित प्रणालीमार्फत लिन सक्ने छन्। यसका लागि शर्तहरू भने तोकिएको छ।

स्वचालित प्रणाली लागू भएपछि पुनः श्रम स्वीकृति प्रक्रियामा लाग्ने समय घट्ने र सेवाग्राहीलाई सहज हुने विश्वास विभागको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024