कम्बोडियाबाट १६ नेपालीको उद्धार

13 March, 2026

कम्बोडियामा अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनोजस्ता गैरकानुनी काममा लगाइएका तथा विनाभिसा बसिरहेका १६ नेपालीको उद्धार गरिएको छ।

मानव तस्करको प्रलोभनमा परी कम्बोडिया पुगेका नेपालीहरूलाई उद्धार गरी बिहीबार नेपाल फिर्ता पठाइएको थाइल्यान्डस्थित नेपाली दूतावासले जनाएको छ।

कम्बोडियामा नेपाली नागरिकहरू गैरकानुनी काममा लगाइएको र विनाभिसा वा तोकिएको अवधिभन्दा बढी समय बसिरहेको भन्दै दूतावासले भनेको छ, ‘स्क्यामिङ केन्द्रहरूमा काम लगाइएकाको राहदानी कम्पनीले राख्ने गरेको वा स्क्यामिङ केन्द्रहरूबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनी धेरैजनाको समस्या सुनिएकोमा त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदूतावास बैंककले उद्धार गर्न विनाशुल्क एकतर्फी यात्रा अनुमतिपत्र निजहरूले दिएको ठेगानामा पठाइदिने गरेको छ।’

दूतावासले प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्यान्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउन आग्रह गरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024