एसभीपी प्रक्रिया स्थगन गर्न साउदीलाई श्रममन्त्री रामजीको आग्रह

29 June, 2026

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकहरूको सिप प्रमाणीकरण (एसभीपी) प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गरेका छन् ।

नेपालका लागि साउदीका राजदूत फहद मोहम्मद ए मनिकरसँगको शिष्टाचार भेटका क्रममा नेपाली श्रमिकहरूको सीप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गरेका हुन् ।

सिप प्रमाणीकरण प्रक्रियाका कारण नेपाली श्रमिकहरूको भिसा प्रक्रिया प्रभावित नगरिदिन पनि राजदूत मनिकरसँग अनुरोध गरेको मन्त्री यादवको सचिवालयले जनाएको छ ।

‘साउदी अरब जान तयारी अवस्थामा रहेका नेपाली श्रमिकहरू सिप प्रमाणीकरण प्रक्रियासम्बन्धी अन्योलका कारण समस्यामा परेको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै मन्त्री यादवले श्रमिकहरूको रोजगारीमा कुनै अवरोध नआउने वातावरण सुनिश्चित गर्न आग्रह गरेको सचिवालयको भनाइ छ ।

जवाफमा राजदूत मनिकरले साउदी सरकारसँग आवश्यक परामर्श गरेर सिप प्रमाणीकरण प्रक्रियाबारे थप जानकारी उपलब्ध गराउने बताएका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024