ईभिसामा बेलायत पठाउने भन्दै नक्कली शैक्षिक प्रमाणपत्र निर्माण, एक जनाबाटै ३१ लाख असुली

18 May, 2026

ईभिसामा बेलायत पठाउने भन्दै नक्कली शैक्षिक प्रमाणपत्र निर्माण गरेर रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाको मेचिनगर नगरपालिका-१० घर भइ हाल काठमाडौं- ६ बस्ने ४२ वर्षीय लोब्साङ शेर्पा र ३९ वर्षीय टासी शेर्पा रहेका छन्। उनीहरूले ५ जना पीडितबाट ३० लाख ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए।

शैक्षिक प्रमाणपत्रहरू नभएकाहरुलाई राष्ट्रिय परीक्षा बोर्डबाट प्रदान गरिने एसएलसी/एसईई, प्लस तथा एनओसी लेटर लगायतका शैक्षिक प्रमाणपत्रहरू नक्कली बनाई दिने गरेको पाइएको छ।

विदेश उड्ने दिनसम्ममा ६ लाख रुपैयाँ दिनुपर्ने र बाँकी रकम बेलायत पुगेपश्चात पाउने गरी चेक लिने गरेको उपरीक्षक रामेश्वर कार्कीले बताए।

कार्यालयको टोलीले उनीहरूलाई काठमाडौं महानगरपालिका-६ बाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024