इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते

12 March, 2026

परराष्ट्र मन्त्रालयले इरानी आक्रमबाट युएईमा १५ जना नेपाली घाइते रहेको बताएको छ। बुधबार पत्रकार सम्मेलन आयोजना गरेर परराष्ट्र मन्त्रालयले उक्त जानकारी गराएको हो।

मन्त्रालयका सहसचिव रामजी खड्काका अनुसार घाइतेमध्ये १४ जना नेपाली उपचार गरेर काममा फर्किसकेका छन्। उनीहरू ड्रोन आक्रमणमा परेर घाइते भएका थिए। सोही आक्रमणमा परेर एक जना नेपालीको निधनसमेत भएको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024