वैदेशिक रोजगार विभागले इजरायलसहित थप चार देशमा पुनः श्रम स्वीकृति खुला गरेको छ। विभागले बुधबार इजरायल, कुवेत, बहराइन र लेबनान पनि पुनः श्रम स्वीकृतिको काम सुचारु गरेको हो।
विभागले यसअघि साउदी अरेबिया, युएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि पुनः श्रम स्वीकृति सुचारु गरिसकेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णयबमोजिम यी देशमा पुनः श्रम स्वीकृति खुला गरिएको विभागले जनाएको छ।