इजरायलको अंग्रेजी भाषा परीक्षामा सहभागी दुई जना नक्कली परीक्षार्थी पक्राउ

19 June, 2026

Hom Karki

इजरायलको दीर्घकालीन स्याहारसुसार केन्द्रका लागि पठाइने सहायक श्रमिक (केयरगिभर) छनोट गर्न लिईएको अंग्रेजी भाषा परीक्षामा सहभागी दुई जना नक्कली प्ररिक्षार्थीलाई बिहीबार प्रकाउ गरिएको छ । अर्काको राहदानीमा परिक्षा दिइरहेका बेला उनीहरूलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएको हो ।

इजरायल सरकारबाट भाषा परीक्षाको जिम्मेवारी पाएको सीआईआईएन ईन्टरनेसनल क्वालिफिकेसनले परीक्षा लिईरहेको छ । परिक्षा अन्तिम दिन शुक्रबार हो ।

जेठ २५ गतेको परीक्षाबाट सुरू परीक्षामा सहभागी हुन झन्डै १५ हजारले आवेदन दिएका छन् । जसमध्ये १३ हजारले परिक्षा दिइसकेका छन् । इजरायलले तोकेको मापदण्ड पूरा गर्न नसक्दा अधिकांश पास भएका छैनन् ।

वैदेशिक रोजगार विभागका अनुसार अंग्रेजी भाषा परीक्षाको स्पिकिङमा ‘बी वान’ अनिवार्य ल्याउनुपर्नेछ । यसभन्दा अगाडि गएका केयरगिभरहरूले आंग्रेजी बोल्दा कमजोरर भएको भन्दै ‘वि वान’ तह पार गर्नुपर्ने व्यवस्था गरेको विभागले जनाएको छ ।

इजरायलको मापदण्डअनुसार सबैभन्दा बढी प्राथमिकता अंग्रेजी भाषा ‘स्पिकिङ’लाई दिइएको छ । कम्तीमा स्पिकिङमा ‘बी वान’ ल्याउनुपर्नेछ । ‘राइटिङ’ मा ‘ए वान, ‘लिसनिङ’ र ‘रिडिङ’ मा भने ‘ए टु’ ल्याउनुपर्नेछ ।

अंग्रेजी भाषामा तोकिएको तह उत्तीर्ण भएपछि मात्रै विभागमा आवेदन दिन पाइन्छ । विभागले आवेदनको लागि असार ७ गतेसम्म आन्तिम समय दिएको छ । भाषा परीक्षामा सहभागी हुन इजरायलले ५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024