आठ महिनामा भित्रियो साढे १४ खर्ब रेमिट्यान्स

3 April, 2026

चालू आर्थिक वर्ष ०८२/८३ को आठ महिनामा साढे १४ खर्ब रेमिट्यान्स भित्रिएको छ। फागुनसम्म विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भई १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण ९.५ प्रतिशतले बढेको थियो। २०८२ फागुन महिनामा १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ नेपाल भित्रिएको छ। अघिल्लो वर्षको फागुनमा विप्रेषण आप्रवाह १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ रहेको थियो।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा २ लाख ७३ हजार ५३६ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन्। पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ५१ हजार ९८५ छ। अघिल्लो वर्षको फागुनमा यस्तो संख्या क्रमशः ३ लाख १७ हजार ६८ र २ लाख १७ हजार ४०३ थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024