अरब भन्दै कुवेत लगियो

31 March, 2013

 

खाडीको संयुक्त अरब इमिरेट्समा क्लिनर काममा लैजाने भन्दै श्रम स्वीकृति लिइएकी नवलपरासीकी एक महिलालाई कुवेतमा हाउसमेड काममा लगाइएको पाएपछि दूतावासले कामदार सारुलाई घर फर्काउने पहल थालेको छ । के एन्ड सी इन्टरनेसनल एजेन्सीबाट कुवेत आएकी नवलपरासी ३६ वषर्ीया टीकमाया सारु मानव तस्करीको फन्दामा परेकी हुन् । पुलिस रिपोर्ट प्रमाणीकरणका क्रममा कुवेतस्थित दूतावासमा आएपछि सारु मानव तस्करीमा परेको खुलेको हो । कुवेतस्थित श्रम सहचारी सिर्जना तिवारीले वैदेशिक रोजगार विभागलाई लेखेको पत्रअनुसार यी महिलालाई नेपाल फर्काउने प्रयास भइरहेको छ । श्रम सहचारी तिवारीले सारुलाई झुक्याएर पठाउने के एन्ड सी म्यानपावरलाई मानव तस्करी अभियोगमा हदैसम्मको कारबाही गर्न विभागलाई पत्र लेखेकी छन् । सारुले गत माघ २६ मा विभागबाट श्रम स्टिकर लिएको कागजातमा देखिएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026