७५३ स्थानीय तहमा रोजगार संयोजकको जागिर खुल्ने

17 Jan, 2019

सरकारले ७५३ स्थानीय तहमा एक एक जना रोजगार संयोजक नियुक्त गर्नका लागि भोलिदेखि आवेदन खोल्ने भएको छ।

करारमा कर्मचारी भर्ना गरी काममा लगाउन रोजगार संयाजकको पदपूर्ति प्रक्रिया र सेवा सुविधा सम्वन्धमा व्यवस्था गर्न आवश्यक भएको जनाउँदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ संयोजक नियुक्त गर्न लागेको हो।

रोजगार संयोजकको दरबन्दी भने अस्थायी हुनेछ। मन्त्रालयले रोजगार संयोजकलाई एक वर्षका लागि प्रदेशगत रुपमा खुला प्रतिस्पर्धाबाट करारमा पदपूर्ति गरी स्थानीय तहमा खटाउने छ।

कम्तीमा स्नातक तह वा सोसरह उत्तिर्ण भएकाले आवेदन दिन सक्नेछन्। २१ वर्ष पुरा भई ४५ वर्ष नकटेका र कम्प्युटरसम्वन्धी ज्ञान भएकाले आवेदन गर्न सक्ने मन्त्रालयले जनाएको छ।

संयोजकले स्थानीय तहभित्र रहेका बेरोजगारको तथ्यांक संकलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने, बेरोजगारलाई परिचयपत्र वितरण गर्ने, स्थानीय तहमा उपलव्ध रोजगारीका अवसरहरुको पहिचान गरी सोको सूचना प्रवाह गर्ने, संभावित रोजगारीका अवसरको विश्लेषण गरी तथ्याङ्क संकलन गर्ने जस्ता कामहरु रोजगार संयोजकले गर्नुपर्नेछ।

उसको तलब भत्ता सोही सरहको निजामति कर्मचारीले पाउने सरह हुनेछ। पन्ध्र दिनभित्रमा अनलाइनबाट आवेदन दिन सक्ने छन्। मन्त्रालयको वेबसाइटमा दरखास्त फारम प्राप्त गर्न सकिनेछ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024