सीमा नाकाबाट ६ महिलाकाे उद्धार

19 March, 2018

राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी बिचौलियाले भारत हुँदै तेस्रो मुलुक लैजान लागेको अवस्थामा यशोधरा गाउँपालिकास्थित मर्जादपुर सीमा नाकाबाट आइतबार ६ युवतीको उद्धार गरिएको छ । 

 

विदेशमा राम्रो जागिर खाने प्रलोभनमा परेर अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका ती युवतीलाई प्रहरीले उद्धार गरेको हो । सुराकीका आधारमा सीमा नाकाबाट कपिलवस्तुकै दुई र अन्य विभिन्न जिल्लाका चार गरी ६ जना युवतीको उद्धार गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल मर्जादपुर कपिलवस्तुले जनाएको छ ।

 

ती युवतीलाई कपिलवस्तु सदरमुकाम तौलिहवा हुँदै नेपाली सीमा नाका कटाउन लागेको थाहा पाएपछि आइतबार सीमा निगरानीमा खटिएको सशस्त्र प्रहरी बलले युवतीसँगै एक जना बिचौलियालाई पनि नियन्त्रणमा लिएको छ । 

 

सशस्त्र प्रहरी निरीक्षक अमृत दुलालले भन्नुभयो, “शंका लागेर सोधपुछका लागि उनीहरूलाई सम्पर्कमा ल्यायौँ । सोधपुछका क्रममा बिचौलियाले राम्रो जागिर लगाइदिने प्रलोभनमा पारेर सीमा कटाउन लागेको रहेछ ।” बिचौलिया गणेश खत्रीलाई प्रहरी चौकी मर्जादपुरमा बुझाइएको छ ।

 

यहाँको मर्यादपुर–खुनुवा सीमा नाकामा महिलासम्बन्धी काम गर्ने कुनै पनि संघसंस्था नहुँदा चेलीबेटी ओसारपसारले प्रश्रय पाइरहेको स्थानीयवासीको भनाइ छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024