सिरक डसना बोकेर कोरियाको लाइनमा

21 March, 2018

सन् २०१८ मा इपिएसमार्फत दक्षिण कोरियामा काम गर्न चाहने नेपालीले बिहीबार भाषा परीक्षाको फारम भर्न पाउने भएका छन्। श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत इपिएस शाखाले अनलाइनबाटै फारम भर्न पाउने व्यवस्था गरे पनि बैंक भौचर अनिवार्य भएकाले बुधबार रातिदेखि नै युवाहरू बैंकमा रकम बुझाउन लाइन लागेका छन्।

 

चैत १८ गतेसम्म भाषा परीक्षाको फारम भर्ने पाइने भए पनि युवाहरू अघिल्लो राति आजैदेखि आईएमई बैंकमा लागिरहेका छन्। बैंकमा परीक्षार्थीले २४ अमेरिकी डलर परीक्षा शुल्क बुझाउन लाइन लागेर बसेका हुन्।जेठ २६ र २७ गते भाषा परीक्षामा हुँदैछ।

 

आठौं संस्करण इपिएसबाट उत्पादमूलक क्षेत्रतर्फ ४८ सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ २३ सय गरी जम्मा ७१ सय जना उत्तीर्ण हुनेछन्। परीक्षा पोखरा र काठमाडौंमा हुनेछ। परिक्षार्थीले नै आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्नेछ।पोखराका हकमा भने सुरुमा केन्द्र रोजेका मध्ये १२ हजार जनाले पोखरा केन्द्र छनोट गर्न पाउनेछन्। बाँकीको भने कार्यालयले केन्द्र तोक्नेछ।परीक्षाको नतिजा २०७५ असार १६ गते प्रकाशन गरिने इपिएस कोरिया शाखाले जनाएको छ।इपिएस कार्यालयका अनुसार १८ वर्ष पुरा भइ ३९ वर्ष ननाघेको नेपाली नागरिकले भाषा परीक्षा दिन पाउनेछ।

 

कार्यालयका अनुसार सन् १९७८ मार्च २३ देखि सन् २००० मार्च २२ अर्थात २०३४ चैत १० गतेदेखि २०५६ चैत ९ गतेभित्र जन्मिएकाले फारम भर्न पाउनेछन्।फौजदारी अभियोगमा अदालतबाट सजाँय पाएका वा कोरियामा गैह्रकानुनी रुपमा बसोबास गरी नेपाल फिर्ता पठाइएकाले भने फारम भर्न पाउँदैनन्।इपिएस कार्यालयका अनुसार एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन फाराम भर्न पाउने छ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024