साउदीमा अलपत्र गोविन्दलाई सहयोग

27 April, 2020

१५ वैशाख, काठमाडौं । लकडाउनका बेला साउदी अरबमा अलपत्र गोविन्द नेपालीलाई अमेरिकामा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन् ।

अनलाइनखबरमा ‘साउदीबाट एक नेपालीको गुहार-कम्पनीले निकाल्यो, सडकमा अलपत्र छु‘ शीर्षकमा समाचार प्रकाशित भएपछि उनीहरूले गोविन्दलाई ८६ हजार ८५० रुपैयाँ सहयोग गरेका हुन ।

दोलखा स्थायी घर भएका गोविन्दलाई आङतेन्जेन शेर्पा, निदिम्की शेर्पा आलम्पु, डोमा शेर्पा विगु, आङ डेन्डी शेर्पा, टशी याङ्दोन शेर्पा, सम्देन निमा शेर्पा, पाइलमु शेर्पा आलम्पु, सोनाम शेर्पा, वाङदे शेर्पा, तेन्जेन लामा विगु र पेम डोमा शेर्पाले संयुक्त रुपमा सहयोग गरेका हुन । 

गोविन्दलाई लकडाउनका बेला कम्पनीका म्यानेजरले कुटपिट गरेर निकालेपछि सडकमा आएका थिए । राति भने उनी लुकीलुकी साथीेकोमा गएर बस्ने गरेका थिए ।

समाचार प्रकाशित भएपछि उनलाई तत्कालका लागि कामको समेत बन्दोबस्त भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) साउदी अरेबियाले गोविन्दका लागि खानको समेत व्यवस्था गरेको छ । 

एनआरएनका विशाल श्रेष्ठ लगायतको पहलमा आफूलाई खान र कामको व्यवस्था भएको गोविन्दले जानकारी दिए ।

गोविन्द घर आउन चाहेकाले लकडाउनपछि नेपाल पठाउने व्यवस्था मिलाइने प्रवासी नेपाली एकता मञ्चका सदस्य कमल खरेलले जानकारी दिए ।

आफूलाई आपत परेका बेला आर्थिक लगायतका सहयोग गर्ने सम्पूर्णलाई गोविन्दले धन्यवाद ज्ञापन गरेका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024