काठमाडौं : साइप्रस पठाइदिने भन्दै दुई लाख ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका-३ घर भई हाल काठमाडौंस्थति डल्लुमा बस्दै आएका ३३ वर्षीय राजन गिरी रहेका छन्।
उनले साइप्रस पठाइदिने र त्यहाँ मासिक एक लाख कमाइ हुने आश्वासन देखाएर पीडित सौरभ नेपालबाट पटक पटक गरेर दुई लाख रकम लिई फरार भएका थिए।
रकम लिई सम्पर्कविहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लाजिम्पाटबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।