श्रम स्वीकृति लिने घटे

6 Nov, 2019

गएको असोजमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या आधाले घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार असोज महिनामा १७ हजार ६०७ पुरुष र एक हजार १६४ महिला गरी १८ हजार ७७१ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।

गएको भदौ महिनामा ३८ हजार ७०४ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । जुन सङ्ख्या असोज महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या भदौको भन्दा १९ हजार ९३ जना कमी हो । विभागका अनुसार असोज महिनामा सबैभन्दा बढी कतार र साउदी अरबका लागि बढी श्रमस्वीकृति लिएका छन् ।

सो महिनामा ३४ महिला र ६६७ पुरुष गरी ७११ जना कोरिया गएका छन् । भदौमा एक हजार ५७ पुरुष र ८६ महिला गरी एक हजार १४६ जना कोरिया गएका थिए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024