वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट पाइने छात्रवृत्ति (इन्फोग्राफ)

15 March, 2018

तपाईं रोजगारीका लागि विदेश जाँदै हुनुहुन्छ, वा स्वदेशमा केही पेशा व्यवसाय गरौं भन्ने सोचमा हुनुहुन्छ भने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले दिने विभिन्न तालिममा सहभागी भएर फाइदा उठाउन सक्नुहुन्छ । 

 

तत्कालका लागि बोर्डले दिएको पेशागत तालिमका लागि एक वर्षे छात्रवृत्तिमा सहभागी हुन सक्नुहुन्छ । आवेदन खुल्ला छ । 

 

बोर्डले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)सँग समन्वय गरी मोटरसाइकल मेकानिक्स, प्लम्बर, वेल्डर, कुक र आल्मुनियम कार्पेन्टर गरी पाँच विधामा छात्रवृत्ति दिन लागेको हो । आर्थिक वर्ष २०७४÷७५ मा दुई सय जनाले छात्रवृत्ति पाउने छन् । प्रत्येक विधामा ४० जनाले छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ । 

 

छात्रवृत्ति वैदेशिक रोजगारीका सिलसिलामा मृत्यु भएका वा अंगभंग तथा गम्भीर विरामी भई बोर्डबाट शतप्रतिशत आर्थिक सहायता पाएका कामदारको परिवारका सदस्यलाई छात्रवृत्ति उपलब्ध गराइनेछ । 

 
बोर्डबाट पाइने अरु छात्रवृत्ति इन्फोग्राफमा हेर्नुहोस् 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024