विदेसिने ११ प्रतिशतले बढे, पाँच महिनामा भित्रियो ३ खर्ब ७६ अर्ब रेमिट्यान्स

20 January, 2020

रेमिट्यान्स आप्रवाहमा सुधार आएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार साउनदेखि मंसिरसम्म गत वर्षको यसै अवधिको तुलनामा रेमिट्यान्स ०.१ प्रतिशतले बढेको छ।

पाँच महिनामा नेपालमा ३ खर्ब ७६ अर्ब ९९ करोड रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ३१.९ प्रतिशतले बढेको थियो।अमेरिकी डलरमा रेमिट्यान्स ०.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९.२ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ११.८ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३८.४ प्रतिशतले घटेको थियो।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ७.६ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.४ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति ०.८ प्रतिशतले कमी आई ४ खर्ब २५ अर्ब ३६ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति २९.८ प्रतिशतले बढेको थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024