विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन पक्राउ

18 November, 2024

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीनजना पक्राउ परेका छन्।

काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– ३ की २२ वर्षीया प्रीतिका बास्तोला, चितवनको भरपुर महानगरपालिका– १० की ३६ वर्षीया शारदा सुवेदी र भरतपुर महानगरपालिका– ४ का २५ वर्षीय सुरज कँडेललाई पक्राउ गरेको हो।

प्रीतिकाले युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईका लागि एकजनाबाट रु. दुई लाख तथा शारदा र सुरजले संयुक्त अधिराज्य बेलायतका लागि एक–एकजनाबाट रु. एक–एक लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024